काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
यसैबीच नेकपा एसले पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।
केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।













