काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब बढेको छ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका हुन् ।
उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका छन् ।
‘प्रधानमन्त्री भएको तीन महिना भयो । प्रधानमन्त्रीज्यू एक्लैले १६ मन्त्रालय लिएको पनि एक महिना भयो’ प्रधानमन्त्रीसँग मन्त्रीहरूले राखेको गुनासो सुनाउँदै प्रधानमन्त्रीका कार्यालयका एक सचिवालय सदस्यले भने,‘मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइराखेको छ ।













