काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए ।
न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । तर, एकीकृत समाजवादीले उक्त निर्णय गोप्य राखेको छ ।
यसैबीच नेता न्यौपानेले स्पष्टीकरण सोधे पनि त्यसको जवाफ नदिने र आफूलाई कुनै फरक नपर्ने बताएका छन् ।













