रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा ‘लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे’को महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, “शहर केन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति अभिरूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउनसक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ ।”

 

सो अवसरमा प्रधानमन्त्रीले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेको बताए ।

  • ११ चैत्र २०७९, शनिबार १४:३६ प्रकाशित