पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन शुक्रबार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६२ पैसा ०८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।