सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका वारे अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर भइरहेका प्रचारवाजी गलत भएको बताए ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको उनको भनाई थियो । नेपाली सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए । यस्ता भ्रामक प्रचारबाजीबाट तपाईहरु टाढै रहन उनले आग्रह गरे ।

नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।

  • ९ चैत्र २०७९, बिहीबार १७:२० प्रकाशित