दाङ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सत्ता गठबन्धन भत्काउन तर्फ नलाग्ने बताएका छन् । सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएको भन्दै उनले यस्तो बताएका हुन् ।
प्रेस चौतारी दाङले आज बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गरे । १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको उनको भनाइ थियो ।
उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र नागरिकका पक्षमा काम गरेमा हामी साथ दिन्छौँ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउने सोच राख्दैनौँ ।’













