काठमाडौँ ।
सत्ता साझेदार दल जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादीका अध्यक्ष सीके राउतलाई फेरि हराउने उद्घोष गरेका छन् । वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा जसपाका अध्यक्ष यादव बारा २ बाट उम्मेदवार बन्ने भएपछि राउतले यस्तो उद्घोष गरेका हुन् ।
बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले जसपा अध्यक्ष यादव चोर बाटोबाट संसद्मा प्रवेश गर्न खोजेको आरोप लगाए । यादवमाथि खनिएका राउतले उनलाई ‘फिरङ्गी, बाहिरिया’लगायतका आरोप लगाउँदै यसपटक पनि चुनाव हराउने दाबी गरे ।
गत मङ्सिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा यादव राउतसँग पराजित भएका थिए । त्यसैले बारा–२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर यादव सो क्षेत्रबाट संसद्मा ‘कम्ब्याक’को तयारी लागेका छन् । तर राउतले बारामा पनि यादवका विरुद्धमा पार्टीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले यादवलाई नहराएसम्म मधेसमा परिवर्तन हुन नसक्ने टिप्पणी गरेका छन् । ‘













