काठमाडौं।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सकिएको छ । बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ ।
सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निष्कर्षमा नपुगिएको बताए । उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए ।
पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलवार बिहान ८ बजे बस्ने भएको छ । भोलीको बैठकपछि मात्र महत्वपूर्ण निर्णय हुने बताइएको छ ।