पोखरा ।
हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आँशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको हुनुका साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
राति देशभर आँशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ् र हावा-हुरी र असिना सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना छ।
राति देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।