आज पाउण्ड र युरो बढ्यो, डलरको भाउ कति छ ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) पाउण्ड र युरोको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २२ पैसा बिक्रीदर रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा थियो ।

यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसा छ । हिजो युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा रहेको थियो ।अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ ।

  • ७ चैत्र २०७९, मंगलवार ०९:४३ प्रकाशित