पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (सोमबार) पाउण्डको भाउ बढेको छ ।
पाउण्ड बढ्दा डलर र युरोको भाउ भने स्थिर जस्तै छ । आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ९६ पैसा र खरिददर १६० रुपैयाँ ६९ पैसा रहेको थियो।
अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।आज युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०० पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५२ पैसा रहेको छ ।
















