साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीर १३२ रुपैयाँ ४६ पैसा रहेको थियो ।

आज युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र खरिददर १५९ रुपैयाँ ८१ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा रहेको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार ०९:५६ प्रकाशित