विश्वकप लिग–२ शृंखलाको बिहीबार अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० आमनेसामने हुँदै छन् ।यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ। नेपालका सन्दीप लामिछाने सबैभन्दा कम खेलमा विकेटको सतक पुरा गर्ने कीर्तिमानबाट २ विकेटले मात्र पछाडि छन् ।
विश्वकप लिग–२ को १४०औँ खेल निकै रोमाञ्चक हुने सम्भावना छ । नेपालले तेस्रो स्थान हात पार्न र युएई पाँचौँ स्थानमा रहन जित अनिवार्य छ । जितले युएईको एकदिवसीय मान्यता रक्षा हुने आधार बलियो हुनेछ ।
युएईसँगको हारले नेपाल चौथो स्थानमा सीमित हुनेछ । यसै कारण दुवै टोलीलाई जित नै अन्तिम विकल्प हो । नेपाल लगातार छैटौँ जित निकाल्ने योजनामा छ ।
त्रिवि मैदानमा हुने खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।क्यानले सबै टिकट बिक्री भइसकेको र भिडभाड हुने भएकाले वृद्ध वृद्धा र बालबालिकालाई घरबाटै क्रिकेट हेरेर सपोर्ट गर्न आग्रह गरेको छ ।
टिकटबाट उठेको सबै रकम खेलाडी कल्याणकारी कोषमा राख्ने क्यानले जनाएको छ ।