मातृका यादवले गरे प्रदेश कमिटीको बैठक बहिस्कार काठमाडौँ ।

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले प्रदेश कमिटीको बैठक बहिस्कार गरेका छन् । माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकलाई यादवले बहिष्कार गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि तीन दिनसम्म चलेको बैठकमा यादव सहभागी नभएका हुन् । मधेस प्रदेशमा विवाद हुँदा प्रदेश कमिटी समेत बन्न सकेको छैन । प्रदेशका इन्चार्ज गणेश साह मात्रै छन् भने अरू सदस्य मात्रै राखिएको छ ।

  • ३० फाल्गुन २०७९, मंगलवार ११:०५ प्रकाशित