दम बढेपछि अस्पताल भर्ना भए बैद्य

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा गडबडी देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको जनाइएको छ । लामो समयदेखि दमबाट पीडित वैद्यको दम बढेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

अस्पताल लगेपछि उनको छातिको एक्सरे गरिएको थियो। छातिमा सामान्य दागसमेत देखिएको छ।उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

  • ३१ आश्विन २०७८, आईतवार १५:३८ प्रकाशित