आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा थियो।

आज डलर बढ्दा युरोको भाउ भने घटेको छ । आज युरो एकको खरिददर १३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा छ हिजो भने एकको खरिददर आज १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ०९ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको छ ।

  • २५ फाल्गुन २०७९, बिहीबार १०:०७ प्रकाशित