पूर्वी नवलपरासी ।
भारतका वित्त राज्यमन्त्री पंकज चौधरी मनकामना दर्शनका लागि नेपाल आएका छन् । चौधरी सुनौली भैरहवा हुदैँ स्थलमार्गमार्फत नीजि भ्रमणमा नेपाल आएका हुन् ।
धार्मिक भ्रमणका लागि परिवारका सदस्य सहित आएका उनी आज मनकामनाको एक होटलमा बास बस्ने भएका छन् । भोलि बिहान पुजाआजा गरेर फर्किने कार्यक्रम रहेको छ ।
मनकामना मन्दिर र उनी बस्ने होटल आसपासमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको स्रोतले बताएको छ ।