कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने

केन्द्रभाग मिडिया

काठमाडौं । कर्णालीमा कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । नेकपा माओवादी र नेपाली कांग्रेसबीच भएको सहमती अनुसार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने छन् ।

कात्तिक दोस्रो सातासम्म राजीनामा दिएर नयाँ सरकारको गठन गर्ने बाटो खोल्ने शाहीले बताएका छन् । कांग्रेस र माओवादी केन्द्रबीच प्रदेशस्तरमै सत्ता हस्तान्तरणको सहमती भएको बताइएको छ ।

मुख्यमन्त्री शाही र सांसद साहीले सहमती अनुसारै नयाँ सरकार बन्ने बताएका छन् । मुख्यमन्त्री शाहीले आफु सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन् भने जिवनबहादुर शाहीले जेण्टलमेन एग्रिमेण्ट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । नयाँ बन्ने सरकारमा माओवादी पनि सहभागी हुने छ ।

  • ३१ आश्विन २०७८, आईतवार १३:४७ प्रकाशित