तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

केन्द्रभाग मिडिया

काठमाडौँ ।
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए ।

ग्रीनसिटी अस्पतालले शेर्पालाई भएजस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए । उनको शल्यक्रियामा संलग्न डा. रुपा झाले बिरामीको शल्यक्रिया गर्दा तत्काल अन्य जटिलता नआओस भनेर सावधानी अपनाइएको पनि सुनाए । बिरामीको अवस्था अहिले सामान्य रहेको छ ।

  • २० फाल्गुन २०७९, शनिबार १६:१० प्रकाशित