साताको अन्तिम दिन आज युरोको भाउ घट्यो, डलरको कति छ ?सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको अन्तिम दिन (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

आज युरोको भाउ घटेको छ । युरो एकको खरिददर आज १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा थियो । आज पाउण्डको भाउ पनि घटेको छ ।

आज पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०९ पैसा थियो ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ४६ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसा रहेको छ ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १०:३५ प्रकाशित