सन्दीपको मुद्दामा आज सुनुवाइ हुदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्चले सुनुवाई गर्दैछ । सन्दिपलाई लिएर सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सर्वोच्च अदालतले जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्न लागेको हो।

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो।

पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ। सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ। यता सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए।

  • १४ फाल्गुन २०७९, आईतवार १०:०७ प्रकाशित