पोखरा ।
गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाको प्रमुख स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त भएका छन् । शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकीय सचिव भई काम गरिसकेका छन् ।
अंग्रेजी विषयमा स्नाकोतर गरेका उनले भारत, चिन, थाईल्याङ, सिगापुर भम्रण समेत गरिसकेका छन् । नेकपा एमाले पोखरा ९ को ३ कार्यकाल अध्यक्ष भैसकेका शर्मा अहिले पार्टिको महानगर कमिटी सचिवालय सदस्य, वडा नं. ९ ईन्चार्जको जिम्मेवारीमा छन् ।
विश्वासानन्द फाउण्डेशनका केन्द्रिय महासचिवको रूपमा समेत उनी छन् । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाका सचिव समेत छन् ।













