युरो घट्दा आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार)अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ घटेको छ भने पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५२ पैसा छ । हिजो एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७५ पैसा थियो । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६० रुपैयाँ ५९ पैसा रहेको छ हिजो भने पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा थियो ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको छ ।

  • १० फाल्गुन २०७९, बुधबार १०:०९ प्रकाशित