काठमाडौं ।
घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ । एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो ।
आज(मंगलबार) भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले अपराजित हुँदै सिरिज जितेको हो । नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित्न सफल भएको हो ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ । नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ ।
त्यसअघि नेपालले यूएईमा पीएनजी र यूएईसँग सिरिज खेल्नेछ ।