काठमाडौं । ग्यास सिलिन्डर लिग हुदाँ आगलागीमा परि घाईते भएका नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्रकान्त भण्डारीको भेन्टिलेटर हटाइएको छ । पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको हो ।
गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार सोमबार बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ ।
भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले जानकारी दिए।
गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकोमा उपचारको क्रममा गत विहीबार निधन भएको थियो ।













