जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रतिको उम्मेदवारबारे छलफल गर्न आज पनि जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।

आइतबार बसेको बैठकमा पनि राष्ट्रपतिरउपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ ।

बैठकमा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको ती नेताले बताए ।

  • ८ फाल्गुन २०७९, सोमबार १०:०३ प्रकाशित