आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज ९सोमबार० अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको छ ।

  • ८ फाल्गुन २०७९, सोमबार ०९:१२ प्रकाशित