ज्ञापनपत्र लिएर बालुवाटार जादैं चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउन लागेको छ ।

पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने जान लागेको महासचिव भट्टले जानकारी दिए ।

  • ५ फाल्गुन २०७९, शुक्रबार ०९:०३ प्रकाशित