राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किदैन : एमाले सचिव भट्ट

केन्द्रभाग मिडिया

धनगढी ।

नेकपा एमालेका सचिव लेखराज भट्टले राष्ट्रपतिको चुनालाई लिएर गठबन्धन नभत्किने दाबी गरेका छनु ।

पछिल्लो समय माओवादीले राष्ट्रपतिका लागि कांग्रेसलाई सहयोग गर्ने हल्ला भएपछि सचिव भट्टले राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको जिकिर गरेका हुन् ।

उनले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् ।

बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका हुन् ।

‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ रु भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’

  • ४ फाल्गुन २०७९, बिहीबार १५:१८ प्रकाशित