चन्द्र भण्डारीलाई भेट्न अस्पताल पुगे देउवा र विष्णु पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टरमा पुगेका छन् ।

देउवाले आज बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था बुझेका छन् । देउवासँगै नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल पनि भण्डारीलाई भेट्न अस्पताल पुगेका छन् ।

अन्य नेताहरु पनि स्वास्थ्य अवस्था बुझन अस्पताल पुगिसकेका छन् । सांसद भण्डारी र उनको आमाको बुधबार राति बुद्धनगरस्थित आफनै घरमाग्यासँ लिकं भएर दुर्घटना हुँदा घाइते भएका थिए ।

  • ४ फाल्गुन २०७९, बिहीबार १२:५३ प्रकाशित