प्रतिवादमा उत्रिदाँ ढोक्सा थापेको मानिन्छ भने राम्रोसँग थाप्न तयार छौं : प्रदीप पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले ढोक्सा थाप्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवादका लागि कांग्रेसले ढोक्सा थाप्ने पौडेलले बताएका हुन् ।

राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।

‘यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’, उनले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने टिप्पणी गरेका थिए ।

  • ३ फाल्गुन २०७९, बुधबार १५:३२ प्रकाशित