राष्ट्रपति एमालेबाटै भए देश बर्बाद हुन्छ : माधव नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई राष्ट्रपति पद एमालेलाई दिए बर्वाद हुने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले पोखरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एउटै पार्टीको स्वेच्छाचारिता रोक्न पनि एमालेलाई राष्ट्रपति दिन नहुने बताए । ‘सभामुख एमालेको छ, राष्ट्रिय सभा अध्यक्ष एमालेको छ । राष्ट्रपति पनि दिने हो भने त बर्वाद भइहाल्छ नि,’ उनले भने ।

उनले आफ्नो पारेटीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताए । नेपालले देशको राजनीति तरल भएको भन्दै सोचेँभन्दा फरक हिसावले राजनीति चलेको बताए । मुलुकलाई प्रतिगामी दिशामा जान, गलत दिशामा जान नदिनका लागि भूमिका खेल्ने नेपालले बताए । प्रतिगमन रोक्न पनि सन्तुलन चाइने नेपालको भनाई थियो । नेपालको राजनीतिमा तरलता रहेको बताएका नेपालले पोजेटिभ दिसामा लैजानसक्ने, संविधानको रक्षा गर्ने, परिवर्तनको रक्षा गर्ने मान्छे चाइएको बताए ।

अध्यक्ष नेपालले सबैलाई स्विकार्य व्यक्ती राष्ट्रपति चाइने बताए । नेपालले गैर्हराजनीति व्यक्ती वा राजनीति ब्यक्ती भन्नेमा भने मुख खोलेनन् ।

पार्टी विचार र सिद्धान्त मिल्नेसँग सहकार्य र मोर्चा बनाएर जाने नेपालले बताए ।

‘हामी विचार र सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य र मोर्चा बनाएर जान्छौं । तर, कसैसँग विलय भएर जादैनौं,’ उनले भने, ‘गणतन्त्रका पक्षमा रहेकोसँग, धर्म निरपेक्षताको पक्षधरसँग सहकार्य र मोर्चा बनाएर अगाडि बढ्न चाहन्छौं ।’

  • ३ फाल्गुन २०७९, बुधबार १०:५५ प्रकाशित