प्रधानमन्त्री प्रचण्डसँग कोरियाका राष्ट्रपतिका विशेष दूतद्वारा भेट

केन्द्रभाग मिडिया

काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

  • २ फाल्गुन २०७९, मंगलवार १०:५२ प्रकाशित