पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
हिजो भने अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा थियो ।यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २६ पैसा रहेको थियो ।
आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ १९पैसा र बिक्री दर ३५ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा रहेको छ ।