बालाजुमा आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

केन्द्रभाग मिडिया

काठमाडौं ।
बालाजुमा आन्दोलनरत यातायात मजदूर र प्रहरीबीच झडप भएको छ ।ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनमा उत्रिएका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी समेत गरेका छन् ।

बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

  • १ फाल्गुन २०७९, सोमबार १८:०७ प्रकाशित