नेपाली युवालाई बहुराष्ट्रिय सेनामा नपठाउन गेसोको माग

केन्द्रभाग मिडिया

पोखरा ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा भर्ती बन्द गर्नुपर्ने माग गरेको छ । भर्तीका नाममा नेपाली युवाहरु तस्करी हुने गरेको गेसोले आरोप लगाएको छ । नेपाली भूमिबाट ब्रिटिस क्याम्प हटाएर नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउनुपर्नेमा गेसोका अध्यक्ष पदम बहादुर गुरुङले जोड दिए ।

सोमबार गेसोले पोखरामा पत्रकार सम्मेलन गरी नेपाली भूमिमा क्याम्प राखेर नेपालीलाई बहुराष्ट्रिय सेनामा पठाउने काम तत्काल बन्द गर्न आग्रह गरेको हो । नेपालको संविधान र असंलग्न परराष्ट्र नीति विपरित विदेशमा युवा भर्ती गर्दा नेपाललाई अप्ठ्यारो पर्ने गुरुङले बताए । भारत र चिनबिच युद्ध भएर नेपालका युवा चिनविरुद्ध लड्नु परेमा त्यसले देशलाई युक्रेन बनाउने उनको तर्क थियो ।

गुरुङले प्रथम र दोस्रो विश्वयुद्धमा ८० हजार नेपाली योद्धा बेलायतले वेपत्ता पारेको आरोप लगाए ।

वेपत्ता तया योद्धाहरुको स्मरणमा स्याङजाको फेंदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माण थालिएको स्मारकलाई ब्रिटिस सरकारको आदेशमा नेपाल सरकारले भताभुङग पारिदिएको गुरुङले बताए । । साल्मेडाँडाँमा राज्यकोष र भूपू सैनिकहरूको करोडौं लगानी भइसकेको छ ।

  • १ फाल्गुन २०७९, सोमबार १७:४५ प्रकाशित