सरकारको स्पष्ट नीति नहुँदा सुकुमबासी समस्या : पूर्वप्रधानमन्त्री भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट नीति नहुदाँ सुकुमबासी समस्या बल्झिएको बताए ।

सुकुमबासी समस्या दिगो रूपमा समाधान गर्नुपर्ने बताउँदै भट्टराईले वास्तविक सुकुमबासीहरूको पहिचान गरी उनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘सुकुमबासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो।’ आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुमबासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाब दिए। उनले थपे, ‘वास्तविक सुकुमबासी पहिचान गरौँ। तितरबितर पार्नु समस्याको समाधान होइन।’

  • २५ आश्विन २०७८, सोमबार १४:४९ प्रकाशित