प्रतिभा विदेश पलायन रोक्न राष्ट्रपति भण्डारीको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् ।

शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह गरेकी छिन् । उनले सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

उनले नेपालको मौलिक सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरी पुनर्जागरणका लागि नेपाल सरकारको ध्यान जानेमा आफूले विश्वास लिएको बताइन् । दैनिक रुपमा भइरहेको प्रतिभा पलायन रोक्न आर्थिक सामाजिक र पूर्वाधार विकासमा निगरानी बढाउनुपर्नेमा जोड दिइन् ।

  • २७ माघ २०७९, शुक्रबार १६:४२ प्रकाशित