आज डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । हिजो डलरको एकको खरिददर १३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६३ पैसा रहेको थियो ।

आज युरो एकको खरिददर १४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०६ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २६ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा रहेको छ ।

  • २६ माघ २०७९, बिहीबार १०:१६ प्रकाशित