राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले त्यागिन् पार्टीको जिम्मेवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि उर्मिला अर्यालले माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेत्री अर्यालले माओवादीको सम्पूर्ण जिम्मेवारी त्यागेकी हुन् ।

अर्यालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु ।’

अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको रुपमा थिइन् ।

  • २५ माघ २०७९, बुधबार १५:४० प्रकाशित