काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ । गृहमन्त्री पुन आफूहरुले पाउनुपर्ने माग गरेको रास्वपालाई गृह दिन प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक नदेखिएपछि रास्वपा चिढिएको थियो ।













