साताको पहिलो दिन आज कति छ डलर र युरोको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलरको एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८० पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।

  • २२ माघ २०७९, आईतवार १०:०० प्रकाशित