अर्थ मन्त्रालयको सीसीटिभी फुटेज अब ३ महिनासम्म हेर्न मिल्ने

केन्द्रभाग मिडिया

काठमाडौ ।

अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने बनाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै सीसीटिभी फुटेजको क्षमता ९० दिनको बनाएको बताएको हो ।

मन्त्रालयको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालय परिसरमा जोडिएको सीसीटिभी क्यामेराको दृश्य सञ्चित क्षमता बढाएको जनाएको छ । चालु आर्थिक वर्षको बजेट ल्याउँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सीसीटिभीको चर्चा भएको थियो ।

  • २० माघ २०७९, शुक्रबार १६:५० प्रकाशित