काठमाडौं ।
एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस ९आरआर० अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।
शिक्षामन्त्रीले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको आरोप छ ।मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन ।













