भीम रावलको आरोप : ‘गृहमन्त्री रविले दोहोरो नागरिकता लिएर नेपालको कानून मिचे’

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर नेपालको कानून मिचेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा उनले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको लेखेका छन् ।

‘गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्नेछ । गृहमन्त्रीबाट कानून मिचिएको छ ’, उनको भनाइ छ ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ ।

  • ११ माघ २०७९, बुधबार १६:०१ प्रकाशित