काठमाडौँ ।
प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समिति गठन प्रतिनिधिसभाको नियमावली पारितपछि मात्रै हुने भएको छ। प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने भएको हो ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौंदा समिति गठन गरेको छ । सो समितिलाई मस्यौँदा बनाउनका लागि १५ दिनको समय दिइएको छ । सो नियमावलीको मस्यौंदा आएर त्यसलाई सभाले पारित गरेपछि मात्रै संसदीय समिति बन्ने प्रक्रिया शुरु हुने संघीय संसद स्रोतले बताएको छ।
संविधानले प्रतिनिधिसभाले आफ्नो नियमावली आफैँले निर्माण गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार निर्वाचन पछि बनेको प्रतिनिधिसभाले नियमावली बनाउन लागेको हो ।













