गण्डकीका कानूनमन्त्री रोशन गाहा मगरद्धारा पदभार ग्रहण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगरले आज पदभार ग्रहण गरेका छन् ।हिजो मन्त्रीमा नियुक्त भएसँगै गाहाले हिजै सपथ लिएका थिए ।

मंगलबार नियुक्त भएका थप ३ मन्त्रीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसंग सपथ लिएसंगै गण्डकीमा मन्त्रीपरिषद्ले पूर्णता पाएको छ ।
मुख्यमन्त्रीमा खगराज अधिकारी २५ पुसमा नियुक्त भएका थिए ।

उनीसंगै एमालेबाट सिता कुमारी सुन्दास, माओवादी केन्द्रबाट हरिबहादुर चुमान र राप्रपाबाट पन्चमान गुरुङ मन्त्रिमा नियुक्त भएका थिए । मंगलबार एमालेबाट रोशन गाहा थापा र वेदबहादुर गुरुङका साथै माओवादी केन्द्रबाट रेशम जुगजालीले सपथ लिएका थिए ।

सुन्दासले आर्थिक मामिला मन्त्रालयकोे जिम्मेवारी पाएकी छन् । रोशन गाहा थापाले आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका छन् । वेद बहादुर गुरुङले कृषि तथा जलश्रोत मन्त्रीको जिम्मेवारी पाएका छन् ।

माओवादीका चुमानले दोश्रो वरियता सहित भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । माओवादीको तर्फबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा रेशम जुग्जाली मन्त्रीको जिम्मेवारी पाएका छन् ।

एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका छन् ।

  • ११ माघ २०७९, बुधबार १०:१९ प्रकाशित