आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा छ । हिजो डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा थियो ।

यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५२ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा रहेको छ ।

  • ११ माघ २०७९, बुधबार ०९:५४ प्रकाशित