उपकार सहकारीले अयोजना गरेको रक्तदानमा ३९ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
उपकार बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा महानगर पालिका वडा नं ६ लेकसाइडमा रहेको उक्त संएस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर कार्यक्रममा गरेको हो ।

पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरि कार्यक्रमको शुभारभ्भ भएको थियो । उनलेरक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने” बताए । उनले सहकारीले गरेको कामको प्रशंसा गरे । अध्यक्ष भट्टराईले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार गरि महत्व बुझाउनु पर्नेमा जोड दिए ।

थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. रमेश राज आर्चायले थाइराड तथा मधुमेह रोग मानिसको खानपिन र बानीब्यहोरा सुधार गरेमा बच्न सकिने जानकारी दिदै, सचेत रहन आग्रह गरे ।

संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए ।

कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस का्रस्कीका अध्यक्ष डण्डराज पौडेल, यु आर यल पोखराका अध्यक्ष ठाकुर पन्त, माता तालबाराही आरतिका अध्यक्ष मंगल नेपाली, संस्थाका कोषाध्यक्ष बैकुण्ठ ढुगाना, शिशु स्याहार बैदामका अध्यक्ष संगिता बराल र कार्यक्रम संयोजक मादब थापा लगाएतले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष सुर्यनाथ पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा पहारीले स्वागत र सचिव सुन्दरराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा यु. आर. यल पोखराको प्राविधिक सहयोगमा करिब १ सय जनाको थाइराइड तथा मधुमेह रोगको निशुल्क रक्त परिक्षण गरिएको थियो ।

 

  • ७ माघ २०७९, शनिबार १५:४१ प्रकाशित